Home Bibles 1 शमूएल 4:13 · नेपाली बाइबल
1 शमूएल 4:13 · नेपाली बाइबल

त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले।

Cross references

यहोशू 7:9

कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

1 शमूएल 1:9

त्यसपछि हन्ना चुपचाप उठिन् र परमप्रभुको सामु प्रार्थना गर्न गइन्। त्यस समय पूजाहारी एली परमप्रभुको पवित्र आराधनालयको दैलोकै छेउमा एउटा कुर्सीमा बसिरहेका थिए।

1 शमूएल 4:18

जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस वर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।

नहेम्याह 1:3

तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

भजनसंग्रह 26:8

हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

भजनसंग्रह 79:1

हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।

भजनसंग्रह 137:4

तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं?

Interlinear

Choose Theme