Home Bibles ☰ Books 2 शमूएल 24:5 · नेपाली बाइबल
2 शमूएल 24:5 · नेपाली बाइबल

तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)

Cross references

गन्ती 21:32

मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

गन्ती 32:1

रूबेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।

गन्ती 32:3

“अतारोत, दीबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नबो अनि बओन

गन्ती 32:35

अतारोत-शोपान, याजेर, योगबहा,

व्यवस्था 2:36

त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिएन सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो।

यहोशू 13:9

तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।

यहोशू 13:16

यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो।

यहोशू 13:25

याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए।

1 शमूएल 30:28

अरोएर, सिपमोत, एस्तमो,

यशैया 16:8

हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मरूभूमिभरी फैलिए। अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।

यशैया 17:2

मानिसहरू अरोएर शहरहरूमा त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्; त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।

Interlinear

Choose Theme