Home Bibles ☰ Books यर्मिया 43:11 · नेपाली बाइबल
यर्मिया 43:11 · नेपाली बाइबल

नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले जो मर्नु पर्नेछ तिनीहरूका लागि मृत्यु ल्याउनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ।

Cross references

अय्यूब 20:29

हो, त्यसरी नै परमेश्वरले दुष्ट मानिसहरूमाथि गर्नुहुनेछ। त्यसरी नै परमेश्वरको योजनाहरू तिनीहरूलाई दिनु हुनेछ।”

यशैया 19:1

मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।

यर्मिया 15:2

ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ,‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।

यर्मिया 25:19

मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसहरू,

यर्मिया 44:12

यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्।

यर्मिया 44:13

जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु।

यर्मिया 46:1

ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

यर्मिया 46:13

यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

इजकिएल 5:12

तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाइ मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाइ मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु।

इजकिएल 29:19

यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबूकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजानेछ। नबूकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबूकदनेस्सरको सेनाको ज्याला हुनेछ।

इजकिएल 30:1

परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नभयो,

इजकिएल 30:10

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ“म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु।

जकरिया 11:9

त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन्। अनि जो बाँच्छ तिनीहरूले एक-अर्काको मासु खानेछन्।”

Interlinear

Choose Theme