तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।
Cross references
धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ।
एकजना ज्ञानी मानिसहरूले सशस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।
एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मनिस भन्दा असल हो।
ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ।
ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो। तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।
तर बुद्धिले हर काम सुगम हुँन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुँन्छ ज्ञान त्यस्तै हो।
विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “योमानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्?
फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ।
तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।”
भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ।
मानौं, कोही एकजना तिम्रो मण्डलीभित्र प्रवेश गर्छ। उसले खूबै सुन्दर वस्त्र अनि सुनको औठी पहिरेकोछ। त्यही समयमा एक गरीब मानिस पुरानो, मैला लुगा लाएर आउँछ।