दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढ्ढेर गए।
Cross references
बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्।
भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।
अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘
दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।
सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे।
यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन।
त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।रूबेनका सन्तानहरू
मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें। तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए। मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।