योहानान र अन्य मानिसहरू आएर गदल्याहलाई भने, “तिमीलाई थाह छ कि अम्मोनवंशी राजा बालीसले तिमीलाई मार्न चाहन्छ? उसले नतन्याहको छोरो तिम्रो हत्याको लागि इश्माएललाई पठायो।” तर अहीकामको छोरो गदल्याहले ती कुराहरू विश्वास गरेनन्।
Cross references
झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”
पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए।
माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।
यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्। उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्। त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।
अनि एदोम, मोआब र अम्मोनिहरूका सबै राजाहरू पनि गाभिन्छन्, सबैलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू।
सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे।
जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।
इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।
यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ “अम्मोनवासी हो! के तिमीहरू ठान्छौ कि इस्राएलका मानिसहरूका नानीहरू छैनन्? के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्? तब किन मल्कामले गादको जमीन लियो? किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”
“हे मानिसको छोरो! अम्मोनका मानिसहरूलाई ध्यान देऊ अनि मेरा निम्ति तिनीहरूको विरूद्धमा केही भन।
परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागिअधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे।
तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।
प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।