म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्दनेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु।
Cross references
म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।
“तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।
पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।
तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।
“तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने।
यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ।
तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो। तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो।
तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ।” परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले डाक्नु हुन्छ।
यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
तिनीहरूको भूमि जन शून्य एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पथिकहरू दुखित हुन्छन् अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।
म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्।
“म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।
म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”
यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”
तब म यो मन्दिरलाई शिलोहजस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’
“यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।
“सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध वर्षाउनेछु। तिमीहरू श्राप, श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’
त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”
चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, म क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। म एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ म के गर्नेछु।
परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बस्नेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बस्नका निम्ति बाध्य पार्नेछु।
त्यसपछि तिनीहरूले बुझ्छन् कि म नै परमप्रभु हुँ। तिनीहरूले सम्झनेछन् कि मैले नै तिनीहरूलाई देशबाट तितर-बितर पारें। तिनीहरूले सम्झने छन् कि मैले तिनीहरूलाई अरू देशहरूमा जान बाध्य पारें।
म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु।
मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिए जुन उनीहरूले गरेका थिए।
हेर! वेकारका मानिसहरुलाई अलग गराउनु इस्राएलका मानिसहरुलाई चालनिमा आँटा चाले झैं हल्लाउनु म आज्ञा दिनेछु।
म अब तिनीहरुलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरुले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि ध्वंश हुनेछ।
“मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इस्राएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”
कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।