योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो
Cross references
यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।
यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।
यहोयाकीम पच्चीस वर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार वर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वरा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।
योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौंको वर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निवासन गराईयो।
हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।
यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो वर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम वर्षमा भएको हो।
योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।
योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो
योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ वर्षको नवौं महीनामा यरूशलेमका अनि यहूदाका शहरबाट यरूशलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपवास बस्ने घोषणा गरे।
यहूदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ, ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेरूवा जलायौ कारण तिमीले सोच्यौ, बाबेलको राजा निश्चय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?”
यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार वर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश हो
तेस्रो वर्षमा यहूदाका राजा यहोयाकीमको शासनकालमा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेममा आफ्ना सेनाद्वारा चारै तिर घेरेर त्यस माथि आक्रमण गरे।