Home Bibles 2 राजा 23:35 · नेपाली बाइबल
2 राजा 23:35 · नेपाली बाइबल

यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।

Cross references

2 राजा 15:19

अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्।

2 राजा 15:20

मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन संग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।

2 राजा 23:33

फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।

Interlinear

Choose Theme