Home Bibles यर्मिया 34:6 · नेपाली बाइबल
यर्मिया 34:6 · नेपाली बाइबल

तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।

Cross references

1 शमूएल 3:18

शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन् एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”

1 शमूएल 15:16

शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।”शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”

2 शमूएल 12:7

तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।

1 राजा 21:19

आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘

1 राजा 22:14

तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”

यर्मिया 1:6

तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”

यर्मिया 1:9

तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।

इजकिएल 2:7

तिमीले तिनीहरूसँगयी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँगभन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्।

मत्ती 14:4

यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन् यसकारण यूहन्नालाई पक्रेको थिए।”

प्रेरित 20:27

म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो।

Interlinear

Choose Theme