तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
Cross references
त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ।
ऊ तिमीसंग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ।
परमेश्वरले यस्तो अगमवक्तालाई तिमीहरूकहाँ पठाउँदै हुनु हुन्छ किनभने तिमीहरूले उहाँलाई त्यस्तो मानिसहरूकालागि विन्ती गर्यौ। जब तिमीहरू होरेब पर्वत (सिनै) माथि परमेश्वरको आवाज सुनेर र हेरोब पर्वतमाथि आगो देखेर भेला भएका थियौ तिमीहरू डराएका थियौ। यसकारण तिमीहरूले भनेका थियौ, ‘फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज हामीले सुन्नु पाउँदैनौं। फेरि त्यो ठूलो आगो देख्नु सक्दैनौं, नत्र हामी मर्नेछौं।’
“परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरूले मलाई जे सोध्यौ, राम्रो हो।
म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।
वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।
परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ। उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ। उहाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ। परमप्रभुले मलाई तिखो काँड झैं उपयोग गर्नुहुन्छ, तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।
परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।
“मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।”‘
परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्नेछु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।”
परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”
तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।
तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ।
त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें। ‘महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन।