परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए।
Cross references
जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
“म तिमी, तिम्रा भावी सन्तान अनि तिमीसित भएको प्रत्येक सजीव वस्तुसित विशेष सम्झौता तयार गर्दै छु।
हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”
परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्।