Home Bibles ☰ Books यर्मिया 31:2 · नेपाली बाइबल
यर्मिया 31:2 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन् तिनीहरूले मरूभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”

Cross references

प्रस्थान 1:16

राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मिछे भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”

प्रस्थान 1:22

यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

प्रस्थान 2:23

धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।

प्रस्थान 5:21

यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चे गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”

प्रस्थान 12:37

इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन।

प्रस्थान 14:8

इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्‌यो।

प्रस्थान 15:9

“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’

प्रस्थान 17:8

रपीदीममा अमालेकी मानिसहरू आए अनि इस्राएली मानिसहरूसित लडाइँ गरे।

प्रस्थान 33:14

परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

गन्ती 10:33

होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।

गन्ती 14:20

परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु।

व्यवस्था 1:30

परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ।

व्यवस्था 1:33

जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।

व्यवस्था 2:7

यो विशाल मरूभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस वर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’

Interlinear

Choose Theme