जब तिमीहरू यात्रा गरिरहेका थियौ छाउनी कहाँ बनाउनु पर्ने निश्चय गर्नुको निम्ति परमप्रभु तिमीहरूको अघि जानु भयो। तिमीहरूलाई बाटो देखाउनु उहाँ राती आगोमा अनि दिउँसो बादलमा जानु भयो।
Cross references
परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे।
तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो।
एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो।
भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।
पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो।
सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।
मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो।
होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।
अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ।
तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो अनि राती आगोको ज्वाला सहित तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो पारी डोर्याउनु भयो।
तपाईंले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन मोशा र हारूनलाई खटाउनु भयो।
प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो। परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसंगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्।
त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिए। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।