Home Bibles ☰ Books यर्मिया 29:1 · नेपाली बाइबल
यर्मिया 29:1 · नेपाली बाइबल

अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए।

Cross references

2 राजा 24:12

यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।

2 इतिहास 30:1

राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्।

एस्तर 9:20

अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए।

यर्मिया 24:1

परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।

यर्मिया 28:4

म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘

यर्मिया 29:20

“तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”

यर्मिया 29:25

सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ।

यर्मिया 51:61

यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।

प्रेरित 15:23

मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनःप्रिय दाज्यू-भाइहरू,

2 कोरिन्थी 7:8

मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखित छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो।

गलाती 6:11

यो म आफै लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु।

हिब्रू 13:22

मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन।

प्रकाश 2:1

“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरु लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिडेछन्, तिमीहरुलाई यी कुराहरु भनिरहेका छन्।

Interlinear

Choose Theme