Home Bibles ☰ Books यर्मिया 29:2 · नेपाली बाइबल
यर्मिया 29:2 · नेपाली बाइबल

यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।

Cross references

2 राजा 9:32

येहूले माथि झ्यालमा हेरे। उनले भने, “मतिर को छ? को?”दुई अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे।

2 राजा 20:18

बाबलीहरूले तिम्रो छोराहरूलाई लग्नेछन्। अनि तिम्रा छोराहरू बाबेलका राजाको महलमा नपुंसक हुनेछन्।”

2 राजा 24:12

यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।

2 इतिहास 36:9

यहोयाकीन अठाह्र वर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे।

यर्मिया 22:24

“जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ।

यर्मिया 24:1

परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।

यर्मिया 27:20

बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्।

यर्मिया 28:4

म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘

यर्मिया 29:20

“तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”

दानियल 1:3

त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने।

Interlinear

Choose Theme