Home Bibles यर्मिया 29:25 · नेपाली बाइबल
यर्मिया 29:25 · नेपाली बाइबल

सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ।

Cross references

1 राजा 21:8

तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे।

2 राजा 10:1

आहाबका सत्तरी जना छोराहरू सामरियामा थिए। येहूले पत्रहरू लेखे अनि सामरियामा यिज्रेलका अगुवाहरू र शासकहरूकहाँ पठाए। उनले पत्रहरू ती मानिसहरूकहाँ पनि पठाए जसले आहाबका छोराहरूको हेरचाह गरेका थिए। पत्रहरूमा येहूले भने,

2 राजा 19:9

अश्शूरका राजाले कूशका तिर्हाकाको विषयमा एउटा कुखबर सुने। खबर थियो, “तिर्हाका तिम्रो विरोधमा लडाइँ गर्न आएको छ।”यसकारण अश्शूरका राजाले हिजकियाहकहाँ फेरी राजदूत पठाए। अश्शूरका राजाले ती राजदूतहरूलाई एउटा सन्देश दिनु भनी पठाए। उनले यी कुराहरू भनेः

2 राजा 19:14

हिजकियाहले राजदूतहरूबाट पत्र लिए अनि तिनीहरूलाई पढे। तब हिजकियाह माथि परमप्रभुको मन्दिरमा गए अनि तिनले परमप्रभुको सामु पत्रहरू फिंजाए।

2 राजा 25:18

मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।

2 इतिहास 32:17

अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”

एज्रा 4:7

अनि आर्ट-जारसेजसमयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमाथियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।

नहेम्याह 6:5

तब सम्बलतले त्यही प्रकारले उनको सेवकलाई म भएकहाँ पाँचौ पल्ट यस्तै प्रकारले उसको हातमा एउटा खुल्ला पत्र पठाए।

नहेम्याह 6:17

ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए।

नहेम्याह 6:19

तिनीहरूले उसको असल कार्यको प्रतिवेदन पनि तिनी समक्ष दिइरहेका थिए। अनि तिनीहरूले भनिरहेका थिए, मैले के गरिरहेको थिएँ। तोबियाहले मलाई भयभीत तुल्याउन पत्रहरू पठाए।

यर्मिया 21:1

यर्मियाकहाँ परमप्रभुबाट आएको यो सन्देश हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए।

यर्मिया 29:29

पूजाहारी सपन्याह पूजाहारीले यर्मियालाई पत्र पढेर सुनाए।

यर्मिया 37:3

राजा सिदकियाहले शेलेप्याहको छोरो यहूकल नाउँका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनु होस्।”

यर्मिया 52:24

राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।

प्रेरित 9:2

शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।

Interlinear

Choose Theme