त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”
Cross references
तर यदि यसवेलामा तिमी चुपलागेर बस्यौ भने यहूदीहरूले कही न कही बाट छुटकारा पाउनेछन्। तर तिमी र तिम्रा पिताकाघरनष्ट हुनेछन्। अनि कसले जान्दछ शायद यस्तो समयमा तिमीलाई राज्यको उच्च पद दिइएको छ?”
कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लडन सघाएनन्। कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाई गर्न उभिएनन्।
परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”
एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्।
तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।
पिलातसले सोधे, “किन? उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्डयाएर मार्नुपर्छ।”
सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषरोपनमा मैले उहाँमाथि कुनै दोष पाईन।
तिमी र म अपराधी हौ हामीले गर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!”
सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”
फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।
ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र र्तक गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौ। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसंग बोल्यो होला!”
मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन।
जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरें।
सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।”