Home Bibles ☰ Books यर्मिया 36:25 · नेपाली बाइबल
यर्मिया 36:25 · नेपाली बाइबल

एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्।

Cross references

उत्पत्ति 37:22

हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो।

उत्पत्ति 37:26

यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ?

हितोपदेश 21:29

एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा इमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।

यर्मिया 13:15

सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अंहकारी नहौ।

यर्मिया 26:22

तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो।

यर्मिया 36:12

जब मीकायाहले बेहेरूवाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन् सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापानको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए।

मत्ती 27:4

यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, ‘हाम्रो होइन।”

मत्ती 27:24

अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन झन जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”

प्रेरित 5:34

फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।

Interlinear

Choose Theme