त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो। त्यो जवान सिंह एउटा बलवान सिंह भयो। उसले आफ्नो शिकार पक्रन सिक्यो। उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।
Cross references
यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।
यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए।
यहोयाकीम पच्चीस वर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार वर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वरा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।
यहोयाकीन अठाह्र वर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे।
हाय त्यसलाई जसले आफ्नो मानिसहरूलाई तिनीहरूको श्रमको ज्याला नदिई बे-ईमान्दरीले महल बनायो, अझ ठगेर तला थप्यो।
योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।
योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो
तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिएनौ। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहँ, तिमी निष्ठुर अनि कठोर भयौ।