परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।
Cross references
यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
तब म परमप्रभुमा र्हषित रहनेछु। जब उहाँले मलाई बचाउनु हुनेछ म र्हषित हुनेछु।
मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ, “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ, तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस् तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
किनकि परमप्रभुले दीन-दुःखि र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।
गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
म परमप्रभुलाई धन्यवाद दिन्छु। म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु।
परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
“म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।