“हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
Cross references
तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘
कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
र मैले भने”हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न।
हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौ। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौ।
हामी माथि घटेका समस्त घटना प्रति तपाईंले न्याय हुनु भएकोछ यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।
हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।
हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउँको लागि हाम्रो पापहरू मेटाइदिनु होस्।
हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो।
किन? किनभने हामीले धेरै पल्ट गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।
तिमीहरूले नराम्रा कामहरू गर्यौ अनि ती नराम्रा कुराहरूले तिमीहरूलाई केवल दण्ड मात्र ल्याउनेछ। संकटहरू तिमीकहाँ आउनेछ। अनि त्यस संकटले तिमीहरूलाई शिक्षा दिनेछ। यस विषयमा विचार गर। तब तिमीहरूले बुझ्नेछौ परमेश्वरबाट कि विमुख हुँदा कति नराम्रो हुँदोरहेछ। मलाई सम्मान नगर्नु र मबाट नडराऊनु नै गल्ती हो।” यो सन्देश मेरो मालिक सेनाहरूका परमेश्वरबाट आएको थियो।
योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।
हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वञ्चित गरायो।
किन हामी यहाँ बसिरहेका छौ? आऊ, हामी बलिया शहरहरूमा जाँऊ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ। म साह्रै घाइते छु यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो जसको लागि म पीडित हुनै पर्छ।”
हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।
हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।
तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई मित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाँहादिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ।
तर मैले तिनीहरूलाई नष्ट गरिन। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिन्।
तर मैले आफैलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिन्।
“तर परमप्रभु हामी पापी हौं। हामीले नराम्रो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौ र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं।
“तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं।
मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं।
इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।
इस्राएलको अहंकारले आफ्नै विरूद्धमा साक्षी दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन न त उहाँको खोजी गर्दछन्।
मैले परमप्रभुको विरुद्ध पाप गरेंको थिएँ। यसकारण, उहाँ मसित रिसाउँनु भएको थियो। तर न्यायलयमा उहाँले मेरो निम्ति मुद्दा लडी इन्साफ गर्नुहुनेछ। उहाँले त्यही काम गर्नुहुनेछ जुन काम मेरो निम्ति उचितछ। फेरि उहाँले मलाई बाहिर उज्यालोमा ल्याउनुहुनेछ। अनि म उहाँको उद्धार हेर्नेछु।
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।