Home Bibles यर्मिया 14:6 · नेपाली बाइबल
यर्मिया 14:6 · नेपाली बाइबल

जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”

Cross references

1 शमूएल 14:29

जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ।

अय्यूब 39:5

अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो? कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?

यर्मिया 2:24

तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छे। त्यो त्यति कामातुर रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ।

विलाप 4:17

सहायताको निम्ति हेर्दा हेर्दा हाम्रो आँखाहरू टट्टाए। तर कतैबाट सहायता आएन। हामीले स्वयंलाई बचाउँन कुनै एक जातिलाई हेर्यौं। तर कुनै जाति पनि आएन।

विलाप 5:17

ती कुराहरूको कारणले गर्दा, हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्‌यो।

योएल 1:18

हाम्रा पशुहरु भोकले कराइरहेकाछन्। हाम्रा गाई गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरुले घाँस खान पाउँदैनन्। भेडाहरु पनि मरिरहेका छन्।

Interlinear

Choose Theme