Home Bibles 1 शमूएल 5:4 · नेपाली बाइबल
1 शमूएल 5:4 · नेपाली बाइबल

अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।

Cross references

यशैया 2:18

सम्पूर्ण मूर्तिहरू हराएर जानेछन्।

यशैया 27:9

याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।

यर्मिया 10:11

परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

यर्मिया 10:14

मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।

यर्मिया 10:15

ती मूर्तिहरू महत्वहीन हुन्। तिनीहरू केवल खिसीका पात्र हुन्। न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्।

यर्मिया 50:2

“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’

इजकिएल 6:4

तिम्रो वेदीहरू भत्काएर टुक्रा-टुक्रा पारिदिनेछु। तिम्रो सुगन्धित धूप चढाउने वेदीहरू पनि भत्काइ दिनेछु। अनि म तिम्रो लाशहरू तिम्रो अपवित्र मूर्तिहरूको अघाडी फ्याँकिदिनेछु।

दानियल 11:8

उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।

मीका 1:7

म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरुको झुटा देवताहरुको मुर्तिहरु सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरु वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरु फेरि वेश्याहरुलाई नै तिर्न प्रयोग हुनेछन्।

Interlinear

Choose Theme