Home Bibles ☰ Books याकूब 5:18 · नेपाली बाइबल
याकूब 5:18 · नेपाली बाइबल

तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।

Cross references

1 राजा 18:18

तब एलियाले उत्तर दिए, “मैले इस्राएलमा संकट सृष्टि गरेको होइन। तपाईं र तपाईंका परिवारले यो संकट सृष्टि गरेको हुन्। तपाईंले संकट त्यस बेला सृष्टि गर्नुभयो जति बेला तपाईंले परमप्रभुको आदेश पालन गर्नुभएन अनि बालको अनुसरण गर्नुभयो।

1 राजा 18:42

यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे।

यर्मिया 14:22

विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”

प्रेरित 14:17

तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”

Interlinear

Choose Theme