Home Bibles यशैया 63:3 · नेपाली बाइबल
यशैया 63:3 · नेपाली बाइबल

उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु। मलाई कसैले पनि सधाएन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडें। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।

Cross references

उत्पत्ति 49:11

उसले आफ्नो गधा दाखको बोटमा बाँध्नेछ। उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ। सबभन्दा असल अङ्गुरको रसमा उनले आफ्नो लुगाहरू धुनेछ।

2 राजा 9:33

येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।”तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे।

यशैया 22:5

परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एकअर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्।

यशैया 25:10

परमप्रभुको शक्ति यो पर्वतमाथि छ। अनि मोआब परास्त हुनेछ। परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ। यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।

यशैया 34:2

परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ।

यशैया 63:6

म रिसाएको बेला, मानिसहरूमाथि हिडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”

विलाप 1:15

“शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।

इजकिएल 38:18

परमप्रभु मेरो मालिकले भन्नुभयो, “त्यस समय गोग, इस्राएल देश विरूद्ध युद्ध गर्नु आउँनेछ। म आफ्नो क्रोध प्रकट गर्नेछु।

मीका 7:10

फेरि मेरो शत्रुहरुले यो देखेर लज्जित हुनेछन्। मेरो शत्रुहरुले मलाई सोधेको थियो, “तेरा परमप्रभु परमेश्वर कहाँछन्?” त्यस समय, म उसमाथि हाँस्नेछु। मानिसहरुले उसलाई हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।

जकरिया 10:5

तिनीहरू शक्तिशाली मानिसहरू जस्तै हुनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्।

मलाकी 4:3

त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

प्रकाश 14:19

त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरु संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए।

प्रकाश 19:13

तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।

Interlinear

Choose Theme