Home Bibles 1 थिस्सलोनिकी 4:5 · नेपाली बाइबल
1 थिस्सलोनिकी 4:5 · नेपाली बाइबल

आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन तिनीहरू त्यसो गर्छन्।

Cross references

मत्ती 6:32

परमेश्वरमा विश्वास नगर्नेहरूले मात्रै यी कुराहरू पाउने इच्छा गर्दछन्। यसकारण फिक्री नगर, किनभने स्वर्गमा बस्नुहुने पिताले तिमीहरूलाई यी सबै थोकको आवश्यक छ भनी जान्नुहुन्छ।

लूका 12:30

संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।

प्रेरित 17:23

तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”

प्रेरित 17:30

त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”

रोमी 1:24

मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे।

रोमी 1:26

मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसंग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसंग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले।

रोमी 1:28

परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो।

1 कोरिन्थी 1:21

परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।

1 कोरिन्थी 15:34

उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु।

गलाती 4:8

अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँचो थिएनन्।

एफिसी 2:12

याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।

एफिसी 4:17

तिनीहरूका विचार निकम्मा हुन्छन्।

कलस्सी 3:5

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।

2 थिस्सलोनिकी 1:8

परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरुलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ।

1 पत्रुस 4:3

बितेको समयमा तिमीहरुले ती कुराहरु गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरुले गर्छन्। तिमीहरु व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।

Interlinear

Choose Theme