Home Bibles ☰ Books यशैया 44:14 · नेपाली बाइबल
यशैया 44:14 · नेपाली बाइबल

मानिसले धुपी, देवताहरू काठ र फलाँटको रूखहरू काट्छ। त्यो मानिसले रूखहरू उमारेन, ती रूखहरू आफै उम्रन्छ। यदि कुनै एउटा मानिसले धुपीको रूख रोप्दछ भने, वर्षाले ती रूख उमार्दछ।

Cross references

यशैया 40:20

अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ। त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ। अनि त्यस कारीगरले “देवता” तयार पार्दछ जुन हल्लिएर लडने छैन।

यर्मिया 10:3

अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्। तिनीहरू जंगलमा रूख काट्छन् शिल्पीकारले आफ्नो बञ्चरोले आकारमा बनाँउछ।

होशे 4:12

हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँग्दैछन्। तिनीहरू यो सोच्छन कि यही छडीले उत्तर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झूटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए।

हबकूक 2:19

जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।

Interlinear

Choose Theme