अर्को कारीगरले काठमाथि रेखाहरू खिच्नका लागि फिता र सिसाकलम चलाउँदछ। यसो गर्नाले के देखाउँछ भने उसले काठ कहाँ काट्नु पर्छ। त्यसपछि त्यस मानिसले आफ्नो छिनोहरू चलाउँदछ र काठबाट मूर्ति काट्दछ। उसले आफ्नो फिताले मूर्ति नाप्ने काम गर्दछ। यस प्रकारले, कारीगरले काठलाई एउटा मानिस जस्तो देखिने स्वरूप बनाउँदछ। अनि यो मानिस जस्तो देखिने मूर्तिले केही गर्दैन, तर त्यसको घरमा बस्दछ।
Cross references
त्यस समय लाबान आफ्नो भेडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झुटो देवता चोरेर ल्याईन्।
म जान्दछु तँ तेरो घर जान चाहन्छस र त्यसकै निम्ति तँ हिंडिस्। तर मेरो घरबाट देवताहरू किन चोरिस्?”
तर मैले तिम्रा देवताहरू चोरेको छैन। यहाँ मसित हुनेहरू जोसित तिम्रो देवताहरू पाइन्छन् त्यस मानिसको हत्या गरिनेछ। तिम्रा मानिसहरू मेरा गवाहीहरू हुनेछन्। तिमीले तिम्रा चीजहरू तलाश गर्न सक्छौ र यदि तिम्रो केही पाइयो भने लान सक्छौ।” (राहेलले लाबानको घरबाट देवताहरू चोरी ल्याएको याकूबलाई थाहा थिएन)।
यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झुटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ।
“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।
यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।
त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।
‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेलका सिक्कालिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो।
मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैंले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’”
ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्। तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिँन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन्।’ त्यसपछि भूईंमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै हल्लिदैन।”
तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।”‘
जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।
तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।