Home Bibles यशैया 39:2 · नेपाली बाइबल
यशैया 39:2 · नेपाली बाइबल

ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।

Cross references

1 राजा 10:2

तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।

1 राजा 10:10

तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।

1 राजा 10:15

व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे।

1 राजा 10:25

प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।

2 राजा 18:15

हिजकियाहले परमप्रभुको मन्दिर अनि राजाको खजानामा भएको चाँदी दिए।

2 राजा 20:13

हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।

2 इतिहास 9:1

शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए।

2 इतिहास 9:9

तब, शबाकी रानीले सुलेमानलाई एक सय बीस तोडा सुन, प्रचुर मात्रामा मसला, अनि बहुमूल्य रत्नहरू दिइन्। शबाकी रानीले जस्तै उत्तम मसलाहरू कसैले सुलेमानलाई दिएका थिएनन्।

2 इतिहास 32:25

तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।

2 इतिहास 32:27

हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।

2 इतिहास 32:31

एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।

अय्यूब 31:25

म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।

भजनसंग्रह 146:3

साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। किन? किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।

हितोपदेश 4:23

सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।

उपदेशक 7:20

वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।

यर्मिया 17:9

“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।

2 कोरिन्थी 12:7

मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म र्गवित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो।

1 यूहन्ना 1:8

यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।

Interlinear

Choose Theme