अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सँधैनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’
Cross references
“तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ।
यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।”‘
सुलेमानले परमेश्वरलाई प्रेम गर्थे। उसले उसका पिता दाऊदले गरेको आज्ञाहरू पालन गरेर देखाए। तर सुलेमानले दाऊदले उसलाई नभनेका कुरो गरे। यद्यपि सुलेमान अझै बलि चढाउनु, धूप बाल्नु अग्ला ठाउँहरूको प्रयोग गर्दे गए।
तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ।
“त्यसैकारण परमप्रभु तपाईले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वोदा सत्य रहोस्। तपाईले के भन्नुभयो त्यो गर्नुहोस् तपाईले गर्नु हुनेछ।
अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
अब, परमप्रभु इस्राएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही होः तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुन्ने इस्राएलको सिंहासनमा बसाउँनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस्। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पच्छ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैंले मेरो व्यवस्था पालन गरेको छस्।’
परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सँधै राजा हुनेछ।”
परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैं सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ।
इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।