हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो।
Cross references
यी मानिसहरूले राजालाई बोलाए। हिल्कियाहका छोरा एल्याकीम (एल्याकीम राजाको महलको हेरचाह गर्दैथे।) शेब्ना (मुख्य सचिब) र आसापका छोरा योआ (अभिलेखापाल) तिनीहरूसँग भेट गर्न बाहिर आए।
हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो।
तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए।
यहोशापातका सेनाहरू बिहानै तको मरूभूमि तिर गए। तिनीहरू जसै हिंडन थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”
मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।
यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, “त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो।
त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो।
यरूशलेमबाट तीन जना पुरूषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।
हिजकियाहले दूतहरूका हातबाट चिट्ठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिट्ठी खोले र परमप्रभुको समक्ष राखिदिए।
हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।