अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र ध्वंश पार।”
Cross references
तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”
म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छु “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।”
तर नेकोले योशियाह कहाँ दूतहरू पठाए। तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”
परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।
म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु। तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु, तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु। म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।
के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भनेत्यो परमप्रभुद्वारा पठाइएको हो।