Home Bibles 2 राजा 18:25 · नेपाली बाइबल
2 राजा 18:25 · नेपाली बाइबल

म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छु “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।”

Cross references

1 राजा 13:18

तब बूढा अगमवक्ताले भने, “तर म पनि तिमी जस्तैं नै अगमवक्ता हुँ।” तब बूढा अगमवक्ताले एउटा झूटो कुरा गरे। उनले भने, “परमप्रभुको एक जना स्वर्गदूत म कहाँ आयो। त्यो स्वर्गदूतले तिमीलाई मेरो घरमा लानु अनि तिमीलाई खाने-पिउने दिनुभन्यो।”

2 राजा 19:6

यशैयाहले तिनीहरूलाई भने, “तिम्रो मालिक हिजकियाहलाई यो सन्देश देऊः ‘परमप्रभु भन्नुहुन्छः अश्शूरका राजाका अधिकारीहरूले मेरो बारेमा गरेका कुराहरूका लागि डर मान्नु पर्दैन।

2 राजा 19:22

तर कसले तिम्रो अपमान गर्यो र हाँसो गर्यो? तिमीले कसको विरूद्धमा कुरा गर्यौ? तिमी इस्राएलको पवित्रताको विरूद्धमा थियौ। तिमीले घमण्ड साथ व्यवहार गर्यौ?

2 इतिहास 35:21

तर नेकोले योशियाह कहाँ दूतहरू पठाए। तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”

यशैया 10:5

परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।

यशैया 10:6

म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।

आमोस 3:6

के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भनेत्यो परमप्रभुद्वारा पठाइएको हो।

यूहन्ना 19:10

पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”

Interlinear

Choose Theme