Home Bibles ☰ Books यशैया 33:13 · नेपाली बाइबल
यशैया 33:13 · नेपाली बाइबल

“टाढा देशहरूमा हुने मानिसहरू, मैले गरेका ती कुराहरू सुन्। मानिसहरू जो मेरा नजिकमा छौ मेरो शक्तिको बारेमा बुझ।”

Cross references

प्रस्थान 15:14

“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।

यहोशू 2:9

राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।

यहोशू 9:9

ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ।

1 शमूएल 17:46

आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।

भजनसंग्रह 46:6

जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।

भजनसंग्रह 48:10

हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ, मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्। तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।

भजनसंग्रह 97:8

हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।

भजनसंग्रह 98:1

परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।

भजनसंग्रह 99:2

सियोनमा परमप्रभु महान् हुनुहुन्छ! उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।

भजनसंग्रह 147:12

हे यरूशलेम! परमप्रभुको प्रशंसा गर! हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।

भजनसंग्रह 148:14

परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो। परमप्रभुको प्रशंसा गरौं!

यशैया 18:3

केही नराम्रो घटना तिनीहरूमाथि घट्नेछ भनी ती मानिसहरूलाई होशियार गराऊ। संसारका सारा मानिसहरूले तिनीहरूमाथि घटने घट्ना हेर्नेछन्। पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घटना देख्नेछन्। ती अग्ला मानिसहरूमाथि त्यस्तो घटना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्। युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।

Interlinear

Choose Theme