Home Bibles उत्पत्ति 45:6 · नेपाली बाइबल
उत्पत्ति 45:6 · नेपाली बाइबल

यस भयंकर अनिकाल दुइ वर्षसम्म चल्यो अनि अझै पाँच वर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ।

Cross references

उत्पत्ति 41:29

मिश्र देशमा सात वर्ष प्रचूर अन्न हुने छ।

उत्पत्ति 41:35

तिनीहरूलाई आज्ञा दिनुहोस् जो असल वर्षहरू आउँदैछन् त्यसबेला प्रशस्त अनाजहरू जम्मा गरून्। मानिसहरूलाई घोषणा गरी दिनु होस् ती छानिएकै मानिसलाई शहरहरूमा अनाजहरू जम्मा गर्ने अधिकार होस्। तब तिनीहरूले त्यति समयसम्म अन्न बचाएर राख्नेछन् जबसम्म त्यसको आवश्यक रहन्छ।

उत्पत्ति 41:54

अनि यूसुफको भविष्यवाणी अनुसार नै सात वर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरुमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए।

उत्पत्ति 41:56

प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो।

उत्पत्ति 47:18

तर अर्को वर्ष मानिसहरूसित अन्न किन्ने पैसा तथा पशुहरू केही थिएन। यसर्थ मानिसहरू यूसुफकहाँ गए अनि भने, “तपाईं जान्नु हुन्छ हामीसित पैसा छैन अनि पशुहरू पनि तपाईंकै भए। यसर्थ हामीसित यस घडी हाम्रो जीवन र जग्गा जमीनबाहेक केही छैन।

उत्पत्ति 47:23

यूसुफले मानिसहरूलाई भने, “मैले फिरऊनका निम्ति तिमीहरूको भूमि ल्याएँ। यसर्थ म तिमीहरूलाई बीउ दिन्छु जसले गर्दा तिमीहरू त्यसलाई खेतमा छर्न सक्छौ।

प्रस्थान 34:21

“तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।

व्यवस्था 21:4

शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीऊ नछरेको अथवा केही नरोपेको पानी बगिरहेको बेंसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।

1 शमूएल 8:12

राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका।राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।”

यशैया 30:24

तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ।

Interlinear

Choose Theme