हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्। तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
Cross references
“म मेरो मानिसहरूसित क्रोधित थिएँ, ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ, यसकारण मैले तिनीहरूलाई प्रमुख बनाइँन। मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ। तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ। तिमीले बूढा-पाकहरूलाई पनि कठिन काम गर्न लगायौ।
रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।
रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारि्यो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।
तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाँउथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठी जना पुरूषहरूलाई पनि लगे।
सियोनका सुबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्। उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्। उनीहरूले आफ्नो टाउकोमा धूलो हाले अनि बोराको लुगा लगाएका छन्। यरूशलेमका तरूणीहरू दुखले टाउको भूइँमा झुकाएकाछन्।
हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”
परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो उहाँले तिनीहरूको हेरचाह गर्नुभएन। उहाँले पूजाहारीहरूको आदर गर्नुभएन यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन्।