“मानिसहरूले पर्खाल सिधा देखाउनलाई वजन सहितको साऊल प्रयोग गरे। त्यस्तै प्रकारले के चाहि ठीक हो देखाउनलाई म इन्साफ र सद्भावना चलाउनेछु।“दुष्ट मानिसहरू तिमीहरू आफ्नो चलाकी अनि झूटोको पछाडी लुक्न खोजिरहेछौ। तर तिमीहरू दण्डित हुनेछौ। तिमीहरू लुक्ने ठाउँहरूमा तूफान वा बाढी जस्तो ध्वंश गर्न आइरहेछ।
Cross references
यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन।
जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।
ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।
न्याय फर्केर निर्मलतासित आउने छ। अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।
सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्।
तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छाडिनेछन् तर पहिले तिम्रो देश ध्वंश हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रवाहपूर्ण वहने नदी जस्तो हुनेछ।
परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
हेर, मेरो मालिकको एकजना बलियो र शक्तिशाली मानिस छ। त्यो मानिस यस देशमा असिनाका ढिका र आँधी बेह्री झैं आउने छ। उ तूफान जस्तो भएर यो देशभित्र आउने छ। उ शक्तिशाली नदीको पानी सरह बाढी भएर यो देशमा आउनेछ। उसले मुकुट भूईंमा फालि दिनेछ।
तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिञ्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।
यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ।
मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।
कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”
यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं ध्वंस पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा डाकिन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।
यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।
“हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
“ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।
तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।
म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको वर्षा वर्षाउनेछु।
उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्।
तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुलसमातिरहनु भएको थियो।
अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।’
ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ।
तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफै प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।
हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको जाँच गरिसक्नु हुनेछ।”
तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो।
पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरु अनि एक-तिहाइ रुखहरु जले।
त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली जम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
ठूल-ठूला असिना आकाशबाट मानिसहरुमाथि झर्यो। यी असिनाहरु प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरुले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।
किनभने उहाँको न्याय सत्य अनि सही छ। हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो। उ नै हो जसले आफ्नो व्यभिचार द्वारा पृथ्वीलाई भ्रष्ट पारी परमेश्वरले वेश्यालाई दण्ड दिनुभयो, आफ्ना सेवकहरुको रगतको बदला लिए।”