“हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
Cross references
तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।
जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।
त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।
अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।
यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “हेर, महा सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”
परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।