अरू देशको सबै मानिसहरू, तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए। तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए। तिमी अन्त भयौ।”‘
Cross references
परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ। पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।
मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”
यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ।
म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
अरू मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमिट्यान्न हुनेछौ। मानिसहरूले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्टाउने छैनन्!” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
समुद्र किनारमा बस्ने सबै मानिसहरू तिम्रा निम्ति शोक-ग्रस्त छन्। तिनीहरूको राजा भयांनक रूपसँग डराउँछन् तिनीहरूको अनुहारमा आघात देखिदैंछ।
“पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।
“ती व्यापारीहरु त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरु नै हुन् जो यस्ता चीजहरु बेचेर धनवान भए। तिनीहरु रुनेछन् अनि शोक गर्नेछन्।
त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने“महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।