Home Bibles यशैया 2:7 · नेपाली बाइबल
यशैया 2:7 · नेपाली बाइबल

अन्य देश भन्दा तिमीहरूको देश सुन र चाँदीले भरिएको छ। त्यहाँ धेरै भन्दा धरै राजकोषहरू छन्। तिमीहरूका देश घोडाहरूले भरिएका छन्। त्यहाँ अनगन्ती रथहरू छन्।

Cross references

व्यवस्था 17:16

राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’

1 राजा 4:26

सुलेमानसित उनका रथहरूका 4,000घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए।

1 राजा 10:21

सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चांदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।

2 इतिहास 9:20

राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो।

अय्यूब 3:15

म ती शासकहरूसंगै दफनाइयोस् जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।

भजनसंग्रह 20:7

कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।

यशैया 30:16

तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।

यशैया 31:1

मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।

यर्मिया 5:27

चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।

होशे 14:3

“अश्शूरले हामीलाई बचाउँन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौ। किन? किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने केवल तपाईं मात्र हुनुहुन्छ।”

मीका 5:10

परमप्रभु भन्नुहुन्छ, “त्यसदिन म तिम्रा घोडाहरु खोस्नेछु र म तिम्रा रथहरु नष्ट गरिदिनेछु।

याकूब 5:1

तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।

प्रकाश 18:3

पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरुले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरु उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

प्रकाश 18:11

“पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।

Interlinear

Choose Theme