Home Bibles 1 राजा 4:26 · नेपाली बाइबल
1 राजा 4:26 · नेपाली बाइबल

सुलेमानसित उनका रथहरूका 4,000घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए।

Cross references

व्यवस्था 17:16

राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’

2 शमूएल 8:4

दाऊदले हददेजेरबाट 1,700 घोडसवार सैनिक र 20,000 पैदल सेना कब्जामा पारे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए।

1 राजा 10:25

प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।

2 इतिहास 1:14

सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शहरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो।

2 इतिहास 9:25

सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यरूशलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे।

भजनसंग्रह 20:7

कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।

Interlinear

Choose Theme