हामीले सुनेका छौं कि मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्। ती मानिसहरू हिंसक र ठूला कुराहरू गर्नेवालाहरू छन्। तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।
Cross references
घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।
यो मोआब बारे एक दुःखको समाचार होः एकै रातमा, सेनाहरूले मोआबको आर शहरबाट धन-सम्पत्ति लूटपाट पारे। एउटै रातमा, शहरलाई ध्वंश पारियो। एकै रातमा, सैनिकहरूले कीर शहरबाट धन-समपत्ति लूटपाट गरे। एउटै रातमा शहरलाई ध्वंश पारियो।
परमप्रभुको शक्ति यो पर्वतमाथि छ। अनि मोआब परास्त हुनेछ। परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ। यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
मृत्युसँग भएको तिम्रो सम्झौता मेटिएर जानेछ। पातालसँग भएको तिम्रो सम्झौताले तिमीलाई सहयोग गर्नेछैन।“कोही एकजना मानिस आएर तिमीहरूलाई दण्ड दिनेछ। उसले तिमीहरूलाई फोहर-मैला जस्तै कुल्चेर जानेछ।
झूटा अगमवक्ताहरूले झूट बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ।
“तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं अथवा हामी वीर योद्धाहरू हौं।’
“मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो। अत मोआबलाई पागल हुञ्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।
“हामीले मोआबको गर्व सुनेकाछौं, उ अत्यन्तै शेखीवाल र रीसाह थियो र उसले आफै ठूलो हुँ भन्ने ठान्थ्यो।”
मोआब देश ध्वंस गराइनेछ। किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान छ।”
हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ ताकि तिनीहरू मूर्ख बनुन्, बाबेलका सिपाहीहरूलाई मार ताकि तिनीहरू भयभीत हुन्।
परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने मोआबको राजालेएदोमको राजाको हड्डी जलाएर चुना बनायो।
तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”
परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए।
हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।“परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ।