त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।
Cross references
यारोबामले आफैं विचार गरे, “यदि मानिसहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गइरहे पनि तिनीहरू दाऊदको परिवारद्वारा शासित हुनेछन्।
तर यो एउटा धेरै ठूलो पाप थियो। इस्राएलका मानिसहरू बाछाहरूको पूजा गर्नका लागि बेतेल र दान शहरहरूमा यात्रा गरे।
फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ।
यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।
शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।”‘
आसाको शासनकालको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। नादाबले इस्राएलमा दुइ वर्ष शासन गरे।
बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोेडेनन्। परमप्रभुले जसरी हुनुपर्छ भन्नुभएको थियो यो घट्ना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो।
तर येहू आफ्नो सम्पूर्ण हृदयले परमप्रभु इस्राएलको परमेश्वरका नियम पालन गर्न सावधान भएनन्। येहूले योरोबामको पापहरू गर्ने देखि रोकेनन् इस्राएलाई पाप गर्न लगायो।
परमप्रभुले इस्राएललाई दाऊदको परिवारबाट छुट्ट्याउनुभयो अनि इस्राएलीहरूले नाबातका छोरा योरोवामलाई आफ्नो राजा बनाए। यारोवामले इस्राएलीहरूलाई परमप्रभुको अनुसरण गर्न नदिएर टाढ राखे यारोवामले इस्राएलीहरूलाई ठुलो पाप गर्न लगाए।
इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।