Home Bibles मत्ती 25:12 · नेपाली बाइबल
मत्ती 25:12 · नेपाली बाइबल

“दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’

Cross references

भजनसंग्रह 1:6

किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।

भजनसंग्रह 5:5

मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।

हबकूक 1:13

तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरुले पाप गरिरहेको हेर्न सकनु हुन्न। यसकारण तपाईले ती पापीहरुको बिजय कसरी हेर्नु हुन्छ? दुष्ट मानिसहरुले धर्मी मानिसलाई जितेको देख्दा तपाईंले प्रतिक्रिया किन गर्नु हुन्न?

लूका 13:26

तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो।

यूहन्ना 9:31

हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ।

यूहन्ना 10:27

मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।

1 कोरिन्थी 8:3

तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।

गलाती 4:9

अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?

2 तिमोथी 2:19

तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”

Interlinear

Choose Theme