“तर जबदेखि तिमी मिश्रदेशमा थियौ म त त्यही समयदेखि नै परमप्रभु तिम्रो परमेश्वर हुँ। म तिमीलाई भेट हुने पालका दिनहरूमा जस्तै पालमा राख्नेछु।
Cross references
केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थयो।
“म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।
तिमीसित तौलिन ढक तराजू र नाप, र तौलहरू ठीक हुनुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।
पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ।
म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।
म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”
तब तिनीहरूले छाप्रो बासको चाड नियममा लेखिए अनुसार मनाए। तिनीहरूले चाडको प्रत्येक दिनको निम्ति आवश्यक अनुसार ठीक संख्यामा होमबलि अर्पण गरे।
अनि तिनीहरूले यी वचनहरू तिनीहरूका सबै शहरहरू अनि यरूशलेममा घोषणा गरे अनि फैलाए, “पार्वत्य देशतिर जाऊ अनि भद्राक्ष जङ्गली भद्राक्ष, मेहंदी, खजुर अनि पातहरू भएका अन्य बृक्षहरूका हाँगाहरू ल्याऊ व्यावस्थामा लेखिए झैं आश्रय छाप्राहरू बनाउन्।”
कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूसदिन सक्तैनौ।
म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु।
केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।