एप्रैम भन्छ, ‘म धनी छु। मैले साँचो धन प्राप्त गरेको छु। मेरो अपराधको बिषयमा कसैले पनि थहा पाउने छैन।’
Cross references
यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’
मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन। मैले सधैं परमेश्वरमाथि सहायताको लागि भरोसा गरें। मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा हौ।”
कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।
“हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ। उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”
सामानहरुलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर। चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच। अनि जब तिमी धनाढ्य हुनेछौ, सहयोगको लागि धनीहरूमाथि आशा नगर।
केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।
केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।
यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”
अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।
“हे यहूदाका मानिसहरू हो! तिमीहरूले कसरी मलाई भन्न सक्छौं, ‘म मैला छैन, मैले बाल मूर्तिहरू’ पूजेको छैन। तिमीहरूको कर्महरूलाई बेंसीमा हेर। तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर। तिमीहरू यता र उता दुगुर्ने फुर्ति ऊँठहरू जस्ता छौ।
तर तिमी अझ भन्छौ, ‘म निर्दोष छु। परमेश्वर मसँग क्रोधित हुनुहुन्न।’ यसकारण म तिम्रो न्याय गर्नेछु कारण तिमी भन्छौ कि ‘मैले पाप गरेको छैन।’
चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजुप्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।
बल्छी अनि जालले माछा मार्छ त्यसको कमाईले उसलाई मिठो खान र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरुले जालको पूजा गर्छन्। तिनीहरुले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरुको सम्मानमा धूप जलाउँछन्।