Home Bibles ☰ Books हिब्रू 5:2 · नेपाली बाइबल
हिब्रू 5:2 · नेपाली बाइबल

प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुइन नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्।

Cross references

प्रस्थान 32:2

हारूनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।”

प्रस्थान 32:8

तिनीहरूले यति चाडै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुसरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।”‘

प्रस्थान 32:21

उसले हारूनलाई भने, “यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप ल्यायौ?”

गन्ती 12:1

मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे।

गन्ती 15:22

“अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौ भने के गर्नुपर्छ?

गन्ती 20:10

त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?”

न्यायकर्ता 2:17

तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्त्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुसरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।

यशैया 30:11

ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परमपवित्रको बारेमा भन्न छोड।”

लूका 22:32

मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”

2 कोरिन्थी 11:30

यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्।

2 कोरिन्थी 12:5

म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व र्गदिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु।

2 कोरिन्थी 12:9

तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ।

गलाती 4:13

सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सान्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें।

1 तिमोथी 1:13

अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन।

हिब्रू 2:18

अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सकनुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

Interlinear

Choose Theme