“अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौ भने के गर्नुपर्छ?
Cross references
“इस्राएलका मानिसहरूलाई भन, “जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।
“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।
“यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ,
“यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ
यस प्रकार पूजाहारीले त्यस व्यक्तिलाई उसले गरेको पापबाट क्षमा गराउनेछन्। बाँकी रहेको अन्न चाँहि पूजाहारीको निम्ति अन्नबलि जस्तै हुन्छ।”
“जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको
हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्। यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
उसको मालिकले जे चहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”