Home Bibles ☰ Books हिब्रू 7:28 · नेपाली बाइबल
हिब्रू 7:28 · नेपाली बाइबल

व्यवस्थाले त तिनैलाई प्रधान पूजाहारी छान्छन् जो अरूहरू जस्तै कमजोर मानिसहरू हुन्छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैंको लागि पूर्ण हुनुभयो।

Cross references

प्रस्थान 32:21

उसले हारूनलाई भने, “यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप ल्यायौ?”

लेवी 4:3

“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

भजनसंग्रह 110:4

परमप्रभुले प्रतिज्ञा गर्नुभयो उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन। “तिमी अनन्तको निम्ति मल्कीसेदेक जस्तै पूजाहारी हौ।”

लूका 13:32

येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’

यूहन्ना 19:30

उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।

हिब्रू 1:2

अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।

हिब्रू 2:10

परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोरयाउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।

हिब्रू 3:6

तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।

हिब्रू 4:14

हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।

हिब्रू 5:1

कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ।

हिब्रू 5:5

उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो“तिमी मेरा पुत्र हौ आजदेखि म तिम्रा पिता भएँ।” भजनसंग्रह 2छ7

हिब्रू 5:8

येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो।

हिब्रू 7:3

मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।

हिब्रू 7:21

तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो“परमेश्वरले प्रतिज्ञा लिनुभयो उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन। ‘तिमी सदा-सदालाई पूजाहारी हौ।”

हिब्रू 7:24

तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोडनुहुन्न।

Interlinear

Choose Theme